NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

गुल्मीमा जिप दुर्घटना, चारको मृत्यु, पाँच घाइते

गुल्मीमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–ठूलो लुम्पेकबाट कोढडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा सत्यवती गाउँपालिका ३ का जिप धनी झलक सोमै, ५५ वर्षीय टीका राहादी, ४७ वर्षीय रणबहादुर सिजापति र २५ वर्षीय मिलन तरामोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

घाइते ५ जनालाई उद्धार गरेर उपचारका लागि पाल्पा पठाइएको थियो ।

दुर्घटनाको कारण खुलेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष