अधिकारकर्मी जस्मिनलाई ज्यान मार्ने धम्की

काठमाडौं । महिला अधिकारका विरुद्ध आवाज उठाउँदा आफुलाई ज्यान मार्ने धम्की आइरहेको युवा अभियान्ता जस्मिन ओझाले बताएकी छन् ।
गएराती आफ्नो सामाजिक संजालमा एक पोष्ट गर्दै जस्मिनले आफु कुनै डर, धम्किले डराएर पछि हट्ने व्यक्ति नभएको बताउँदै अन्तिम समयसम्म पीडितको साथमा र सत्यको साथमा रहेको बताएकी छन् ।
आफूमाथि भएको धम्कीपूर्वक मेसेज र फोनलाई लिएर जिउ ज्यानको सुरक्षाका लागि निवेदन दिने पनि उनले सामाजिक संजालमा लेखेकी छन् ।
जस्मिन अघिल्लो साता बिनुले सर्वोच्च अदालत अगडी रंग छ्याप्दा उनको साथमा थिइन भने प्रहरीले बिनुसँगै जस्मिनलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया