पेरुको राजनीतिमा नाटकीय उथलपुथल, महाभियोगलगत्तै राष्ट्रपति हिरासतमा

काठमाडौं (एजेन्सी) । पेरुको राजनीतिमा नाटकीय उथलपुथल आएको छ । राष्ट्रपति पेड्रो कास्टिलोले संसद् विघटनको प्रयास गरेसँगै त्यहाँको राजनीति तीव्र रूपमा तरंगित बनेको हो ।
आफ्नो राजनीतिक सुरक्षा निम्ति पेड्रोले संसद् विघटनको प्रयास गरेका थिए । जुन उनका लागि महँगो परेको छ । राजनीतिक दलहरूले उनीविरुद्ध दर्ता गरेको महाभियोग प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । महाभियोग प्रस्तावमाथि बुधबार संसदमा भएको मतदानमा १०१ ले पेड्रोको विपक्षमा मतदान गरे भने ६ सांसद राष्ट्रपतिको पक्षमा उभिए । १० सांसद भने यो प्रक्रियामा सहभागी नै बनेनन् ।
नाटकीय घटनाक्रमबीच पूर्वउपराष्ट्रपति डिना बोल्वार्टेलाई राष्ट्रपतिमा नियुक्त गरिएको छ । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
पेसाले वकिल ६० वर्षीया बोलुआर्टेले पदभार सम्हालेपछि सन् २०२६ को जुलाईसम्म राष्ट्रपति रहने बताइन् । क्यास्टिलोको कार्यकाल पनि सोही समयमा समाप्त हुन लागेको थियो ।
सपथ ग्रहणपछि, बोलुआर्टेले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सहमति र सहकार्यमा जोड दिइन् ।
बुधवार कास्टिलोले राष्ट्रिय टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको घोषणा गरेपछि पेरुको राजनीतिमा एकाएक नाटकीय परिवर्तन देखापरेको थियो।
अमेरिकाले पनि क्यास्टिलोलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । यसपछि, पेरुभियन पुलिस र सशस्त्र बलले एक संयुक्त विज्ञप्ति जारी गर्यो जसमा उनीहरूले संवैधानिक आदेशप्रति सम्मान व्यक्त गरेका थिए।
कास्टिलोले २०२१ को जुलाईमा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए। त्यसयता उनीमाथि तीन पटक महाभियोग लगाइएको छ ।
विपक्षी दलहरूले बुधबार आपतकालीन बैठक बोलाएर महाभियोग प्रस्तावमा मतदान गराएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया