NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओलीले नेपाललाई सोधे, ‘तपाईँलाई कस्तो छ ?’

काठमाडाैं । लामो समय एउटै पार्टीमा रहेर अलग भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच बाेलचार सुरू भएको छ ।

नेकपा एमालेको साथ छोडेर अर्कै दल खोलेका माधव कुमार नेपाल र ओली बिच बोलचार बन्द भएको २० महिना पछि आज पुन कुरा भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास पुगेका दुई प्रधानमन्त्री एकै ठाउँमा बसेका थिए ।

मञ्चमा शपथ ग्रहण चलिरहँदा ओलीले माधव नेपाललाई कोट्याउँदै सोधे, ‘तपाईँ बिरामी हुनुहुन्थ्यो, अहिले कस्तो छ ?’
ओलीको प्रश्नको जवाफ दिदैँ नेपालले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको बताए ।

लामो समय बोलचाल नै नगरि बसेका दुई दलका अध्यक्षको बोलचाललाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष