ज्येष्ठ नागरिक दिवसमा १०४ वर्षीय दाहाल सम्मानित

गण्डकी । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मिएका उनी विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएका उनलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गरे ।
उनले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको जानकारी दिए । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडालाई १० लाखका दरले बजेट विनियोजन गरिएको वडाध्यक्ष योगीले बताए ।
वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीले आफ्ना जन्मदाता बुबाआमाको समेत उचित सेवा पु-याउन नसक्ने हाम्रो समाजका ४६ विपन्न, असहाय र ज्येष्ठ नागरिकको पालनपोषणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुबा र सेवक–सेविकासहित ५५ जना रहेको र संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिए ।
उनले ज्येष्ठ नागरिकको सीपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम समेत सञ्चालन गरिएको बताए । अध्यक्ष पराजुलीले भने, ‘उत्पादित वस्तुलाई प्याकेजिङ गरी बजारमा बिक्री गरिने तयारी भइरहेको छ ।’ महानगरको सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, वृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङलगायतले ज्येष्ठ नागरिक दिवसको महत्वबारे चर्चा गरे ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया