NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

 बेथानचोकमा केबुलकार निर्माण हुँदै

धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेकाे पर्यटन प्रवर्द्धनमा सहयोग पु-याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए । केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ ।

गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोक लगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताए। उनले केबुलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे ।

आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबुलकारका लागि नौवटा टावरहरु रहने छन् । केबुलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो ।

ताजा अपडेट

नेपालवाच विशेष