चिसो बढेसँगै आगोको सहारामा तराइका सर्वसाधारण

वीरगञ्ज । विगत एक हप्तादेखि तराईमा बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी सताइएका छन् । दिनभरि काम गरी एक छाक टार्ने गरिब र निमुखा परिवार अहिले आगोको भरमा दिन बिताउन बाध्य छन् ।
बिहानदेखि बेलुकासम्म कठ्याङ्ग्रिदो चिसो हुने गरेकाले दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन बिताउने गरेको उनीहरुको भनाइ छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण छाप्रोमा बस्ने स–साना बालबालिका तथा वृद्धवृद्धालाई बढी सताएको छ ।
चिसो बढेसँगै न्यानो कपडाको अभावका कारण आगोको भरमै दिन बिताउने गरे पनि रातिको समयमा परालले बनाएको चटाईको भरमा रात बिताउने गरिएको पीडितहरुको भनाइ छ ।
रातिको समयमा बाक्लो हुस्सुसँगै शीतलहर पर्न थालेपछि शीतलहरको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्न पनि समस्या हुन थालेको छ तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयवासीको भनाइ छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया