NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

२८३ शाखा अधिकृतको परीक्षा अनिश्चित

थारू क्लस्टरको माग गर्दै दायर रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि निजामतीतर्फ दुई सय ८३ शाखा अधिकृत पदको परीक्षा अनिश्चित बनेको छ । लोकसेवा आयोगले शाखा अधिकृत (अप्राविधिक)मा ६९ र शाखा अधिकृत (परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसद्, संयुक्त र एकीकृत) मा दुई सय १४ पदका लागि २९ मंसिरमा दरखास्त आह्वान गरेको थियो । तर, दरखास्त संकलन भइरहेका वेला मुद्दा परेपछि परीक्षा अनिश्चित बनेको हो । खुला र समावेशीमा थारूक्लस्टर नछुट्याइको भन्दै दायर रिटमा अन्तरिम आदेश जारी भएपछि एक सय १४ शाखा अधिकृतको बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन) पनि रोकिएको छ ।

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक र स्वास्थ्य सेवाका पाँचौँ तह)को तीन सय ९५ पदपूर्ति एक वर्षदेखि रोकिएको छ । लोकसेवाले २६ माघ ०७८ मा विज्ञापन जारी गरेको थियो । तर,थारूक्लस्टरको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेपछि परीक्षा अनिश्चित बनेको हो । स्थायी पदपूर्ति अनिश्चित बनेपछि स्वास्थ्य तथा प्राविधिक कार्यालयले करार कर्मचारी भर्ना गरेर कामकाज चलाइरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष