NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

यी कलाकार र खेलाडी जसले अस्वीकार गरे सरकारले दिएको विभूषण

काठमाडौं । हरेक वर्ष विवादित व्यक्तिहरूलाई समेत दिन थालिएपछि छनोटको निष्पक्षताप्रति प्रश्न उठाउँदै कतिपयले लिने गरेका छैनन् । त्यस्ता विभूषण गृह मन्त्रालयमै थन्किएका छन् । विभूषण नलिनेमा कलाकार तथा खेलाडीको संख्या ठूलो छ । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, गायक पशुपति शर्माले विभूषण लिएका छैनन् ।

खेलाडीहरू पारस खड्का, सन्दीप लामिछाने, शक्ति गौचन, क्रिकेट प्रशिक्षक जगत टमटा, मीरा राई, विमला तामाङ, निता घर्तीमगर, आङ्बाबु लामा, विनिता महर्जन, गंगा अधिकारी, विनोद शाक्य, सुनील लामा पनि घोषणा भएको विभूषण नलिनेमा पर्दछन् । अन्य खेलाडीहरू नेरी थापा, शैलेश राणा, सविता चौधरी, विश्वरूपा बुढा, विमल घर्तीमगर, रमिला तण्डुकार, दाक्छिरी शेर्पा, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले पनि विभूषण नलिएको गृहको तथ्यांक छ । केही पत्रकारहरूले पनि विभूषण अस्वीकार गरेका छन् ।

पूर्वसभामुख दमननाथ ढुंगाना, मानव अधिकारवादी पद्मरत्न तुलाधर, संगीतकार अम्बर गुरुङ, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, वरिष्ठ अधिवक्ता शम्भु थापा, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, प्राध्यापक, पुष्पराज शर्मा, पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलगायतले विभूषण लिएका छैनन् ।

०६९ सालमा सरकारले दिने निर्णय गरेकामध्ये रामेश श्रेष्ठ, सिके लाललगायतले लिएका छैनन् । ०७० सालको विभूषण नलिनेमा तत्कालीन न्यायाधीश रामकुमार साह, संयुक्त राष्ट्रसंघका तत्कालीन उपमहासचिव ज्ञानचन्द्र आचार्य, प्राध्यापक प्रा.डा. बालकृष्ण पोखरेललगायत छन् । राज्यले नागरिकलाई दिने सर्वाेच्च सम्मान मानिने विभूषणको वितरणमा झन् विकृति बढेको छ । संविधान दिवसको अवसरमा सरकारले विभूषणको घोषणा गर्दै आएको छ । यो वर्ष एकैपटक नौ सय ९३ जनालाई विभूषण दिने निर्णय गरिएको थियो । जुन अहिलेसम्मकै धेरै हो । विभूषणमा ठूलो खर्च हुँदै आएको भन्दै महालेखा परीक्षकको कार्यालयले यसको संख्या तोक्न सुझाव दिँदै आएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष