यस्ता समस्या भएका व्यक्तिले खानुहुँदैन बदाम

एजेन्सी । जाडोमा अधिकांश मानिस घाम ताप्दै सँगै बसेर बदाम खान रुचाउँछन् । तर यसकाे धेरै सेवनले भने शरीरलाई हानि पु-याउँन सक्छ भन्ने कुरा धेरैलाइ थाहा नहुन सक्छ।
बदाममा क्यालोरीको मात्रा बढी हुन्छ । जसले तौल, रक्तचाप र मुटुको समस्या बढाउँने गर्छ । अझ कलेजो र छालासम्बन्धी समस्या हुनेहरूले बदामकाे सेवन नगर्नु नै राम्राे मानिन्छ । बदाम बढी खाँदा कलेजोको समस्या बढ्नुका साथै छालाको एलर्जी हुने तथा छाला राताे हुने, शरीरमा चिलाउने जस्ता समस्या देखिने सम्भावना हुन्छ ।
त्यसैले छालासँग सम्बन्धित कुनै रोग भएकाहरूले बदाम खानुहुँदैन् । बाथ रोगीका लागि पनि यसकाे सेवनले बेफाइदा गर्छ। बदाममा पाइने लेक्टिनका कारण शरीरकाे दुखाइ बढ्छ त्यसैले बाथ रोगीहरूले बदाम खानु हुँदैन् । बदाममा पाइने अफलाटोक्सिन शरीरका लागि निकै हानिकारक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ र शरीरमा अफलाटक्सिनको मात्रा बढेर कलेजोमा क्षति पुर्याउँछ।
बदामले ग्यास्ट्रिक तथा एसिडिटीकाे समस्यासमेत ल्याउने गर्छ । अन्य नटको तुलनामा बदाममा फ्याटकाे मात्रा बढी हुन्छ । त्यसैले धेरै मात्रामा बदाम खाँदा पेट दुख्ने, फुल्ने, कब्जियत र वाकवाक लाग्ने समस्या पनि देखा पर्दछ । बदामले शरीरमा रहेको ओमेगा ३ को मात्रा हटाउँछ बदाममा ओमेगा ६ फ्याटी एसिड पर्याप्त मात्रामा पाइन्छ ।
यसको बढी सेवनले शरीरको ओमेगा ३ कम हुन थाल्छ । ओमेगा–३ शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसले रक्तसञ्चार राम्रो राख्छ। दैनिक ४२ देखि ५० ग्राम बदाम खाँदा स्वास्थ्यमा लागि राम्राे मानिन्छ भने यसले शरीरमा हानी पनि गर्दैन । ठिक र सहि मात्रामा बदामकाे सेवन गर्दा यसले शरीरमा ऊर्जा दिन्छ। त्यसैगरी राती खानुअघि वा सुत्नुअघि बदाम खानु हुँदैन ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया