गर्भावस्थामा के खाने ?

एजेन्सी । गर्भावस्था अति संवेदनशिल र सचेत हुनुपर्ने अवस्था हे । बेलायतको नेशनल च्यारिटी पार्टनरसिपले गरेको एक सर्वेक्षणले गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा अधिकांश महिलालाई थाहा नहुने देखाएके छ ।
यो प्रश्नको सहि उत्तर एक तिहाइ आमालाई मात्र थाहा भएको सर्वेक्षणमा देखिएको छ । महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई गर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।
पहिलो १२ हप्ता खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी जस्ता समस्या हुन्छ । –यसै गरी १३–२८ हप्तामा वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया–पोतो आउने, पेट बढेको देखिने, पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने हुन्छ भने पहिलोपटक गर्भवती भएका महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।
२८ देखि ४० हप्तामा भने पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने, बढ्दै गरेको पाठेघरले पिसाबथैली थिच्ने हुनाले पटक–पटक पिसाब लाग्ने, ढाड दुख्ने, आठौँ महिनामा घरीघरी पाठेघर खुम्चिने र पेट दुख्ने, नवौँ महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दबाब दिने कारणले सास फेर्न गाह्रो हुने तथा थोरै खाना खाँदा पनि पेट भरिएर अप्ठ्यारो हुने जस्ता समस्या देखा पर्छन् ।
यस्ते बेला विशेष ख्याल राख्न जरूरी हुन्छ । बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी एनआइसीइका अनुसार महिलालाई गर्भावस्थाको पहिलो ६ महिनामा अतिरिक्त क्यालोरी चाहिँदैन । तर गर्भावस्थाको अन्तिम तीन महिनामा, महिलाहरूले हरेक दिन 200 क्यालोरी लिनुपर्छ।
याे क्यालेरी जैतुनको तेलमा तताएकाे दुई पारोटीमा नै पाइन्छ । जैतुनमा धेरै क्यालोरीहरू पाइन्छ। सामान्यतया महिलाले गर्भावस्थामा दुई व्यक्तिको लागि खाना लिनुपर्छ, एउटा आफ्नो लागि र अर्को गर्भमा रहेको बच्चाको लागि। फलफूल र तरकारी, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटिन (दाल, माछा, अण्डा र मासु, दूध, दही जस्ता दुग्धजन्य पदार्थ) र चिल्लो पदार्थ सन्तुलित हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया