NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चकलेटको इतिहास : कसरी तितोबाट मिठोमा परिणत भयो ?

काठमाडाैं । यत्तिबेला ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । आज ‘भ्यालेन्टाइन डे’ को तेस्रो दिन ‘चकलेट डे’  हो । हरेक साल फेब्रुअरी महिनाको ९ तारिखमा विश्वभरी नै ‘चकलेट डे’ लाई धुमधामका साथ मनाउने गरिन्छ ।

नेपालमा पनि पछिल्लो समयमा यस ‘डे’ ले चर्चा पाउन थालेको छ । युवायुवतीहरू, प्रेमी/प्रेमिका, साथीभाइ र विशेषगरी यस ‘डे’ लाई मान्यता दिनेहरूले बढी रोमान्टिक तबरले मनाउने गर्छन् ।

यो सप्ताह प्रेम,  प्रेमको शक्तिमा पूर्ण रूपमा समर्पित छ  । यो हप्ताभर एकले अर्कालाई प्रेम साटसाट गर्ने, र भावनाहरू व्यक्त गर्ने समय पनि हो । भ्यालेन्टाइन वीक फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन डे ‘रोज डे’ बाट सुरु भएर भ्यालेन्टाइन डे मा समाप्त हुन्छ ।

भ्यालेन्टाइन डे किन मनाइन्छ ?

भ्यालेन्टाइन डे विशेषगरी एक प्राचीन रोमन पादरी सेन्ट भ्यालेन्टाइनको सम्मानमा मनाइन्छ । उनी प्रेम गर्न र प्रेममा विश्वास गर्न मानिसहरूलाई सिकाउथे । उनै सेन्ट भ्यालेन्टाइनले तेस्रो शताब्दीमा रोमन राजा क्लाउडियसको आदेशविरुद्ध ईसाई जोडीहरूलाई विवाह गर्न मद्दत गरेका थिए । राजाको विरूद्ध लागेकै कारण उनलाई राजा क्लाउडियसले फाँसीको सजय सुनाएको थियो । उनलाई १४ फेब्रुअरीमा फाँसी दिइएको थियो । त्यसैले उनको बलिदानको सम्झनामा यो दिन मनाइन्छ ।

भ्यालेन्टाइनमा ‘चकलेट डे’ र यसको इतिहास

भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् ।

आज मिठोको रूपमा हामी चकलेट खाइरहेका छौँ, तर चकलेटको इतिहासमा यो गुलियो नभएर तीतो थियो । सुरूवातमा चकलेट तितो स्वादमा उत्पादन भएको थियो । आज मिठो स्वादिष्ट खानेकुराको रूपमा परिणत भएको छ ।

मान्यता यो पनि छ, सन् १५१९ मा स्पेनिस अन्वेषक हर्नान कोर्टेसलाई खानाको लागि तीतो चकलेट दिइएको थियो । उक्त चकलेटलाई उनले आफूसँगै स्पेन लगे र राम्रो स्वादको लागि यसमा भेनिला थपे, साथै चिनी र दालचीनी मिसाए । पछि यो चकलेट तीतोबाट गुलियोमा परिणत भयो ।

पछि सन् १९५० मा, युरोपमा पहिलो पटक जुलाई  ७ मा चकलेट दिवस मनाइयो। त्यसपछि यो विश्वका धेरै देशमा मनाउन थालियो । स्वाद परिवर्तन गरेपछि चकलेट विश्वभर पुग्न थाल्यो र मानिसहरूले चकलेट मन पराउन थाले ।

धेरै ठूला चकलेट कम्पनीहरू १९औं र २०औं शताब्दीमा सुरु भएका हुन् । इङ्गल्याण्ड मा १८६८ मा चकलेट कम्पनीको सुरूवात भयत्र । शिकागोमा भएको विश्वको कोलम्बियन प्रदर्शनीमा, मिल्टन एस. Hershey अहिले संसारको सबैभन्दा ठूलो र विश्व प्रसिद्ध चकलेट निर्माताहरुमध्ये एक हो । उनले चकलेट-कोटेड कारमेल उत्पादन गरेर कम्पनी सुरु गरे । नेस्ले १८६८ मा सुरु भयो र संसारको सबैभन्दा ठूलो खाद्य समूहमध्ये एक बन्यो।

चकलेट डे सम्पूर्ण भ्यालेन्टाइन सप्ताहमा एक मात्र दिन हो जुन स्वादसँग सम्बन्धित छ। यो आफ्नो साथीसँग खुसी मनाउन दिने विश्वास गरिन्छ। चकलेटमा समावेश गरिने मूख्य सामग्री भनेको कोको बीन्स हो, जसले स्वास्थ्यलाई फाइदा गर्छ, यसकै फाइदा साटासाट गर्न पनि चकलेट डे  मनाउने विश्वास गरिन्छ । (एजेन्सीको सहयोगमा)