कानमा कानेगुजीको भूमिका कस्तो हुन्छ ?

एजेन्सी । सामान्यतया हामी कानमा जमेको फोहर सफा गर्न विभिन्न धारिलो सामानको प्रयोग गछौं । कान चिलाउनासाथ हामी कानभित्र कपालमा लगाउने काटादेखि सलाईका काँटीसम्म प्रयोग गछौं ।
केही व्यक्ति कान सफा गर्ने प्रयोजनले नै बनेको एयरबर्डको पनि प्रयोग गर्छन् । तर यी सबै साम्रगी हाम्रो कानको लागि हानिकारछ छ । वास्तवमा कान सफा गर्नु पर्दैन । कानेगुजी प्राकृतिक रुपमा आफै बाहिर निस्किन्छ । हामी कानेगुजीलाई फाहोर सम्झेर सफा गछौं तर कानमा भएको कानेगुजी नै कानको सुरक्षाका लागि आवश्यक छ । यसले कानलाई सुरक्षित र स्वस्थ राख्छ ।
कानको सुरक्षामा कानेगुजीको महत्व
कानलाई सुरक्षित राख्न कानेगुजी आवश्यक छ । यसले हाम्रो कान सफा र स्वस्थ राख्न मद्त गर्छ । यो कानको प्राकृतिक संरक्षण हो । कानेगुजीको एन्टिसेप्टिक गुण हुन्छ । जसले कानमा हुने विभिन्न संक्रमणबाट पनि बचाउँछ ।
कानेगुजीले कानलाई धुलो र पानीबाट जोगाउँछ । अधिकांश समय हाम्रो कानको नहर आफै सफा हुन्छ । जब हामी हाम्रो औंला वा कुनै वस्तुले कान सफा गर्छौँ, यसले कानमा थप समस्या निम्याउँछ । खासगरी हामी कानको लागि एयरबर्डको सहायता लिन्छौं । तर कानेगुजी निकाल्न प्रयोग गरिने एयरबर्डले कानेगुजीलाई झन भित्र पुर्याउँछ ।
कतिपय अवस्थामा यो कानको जालीसम्म पुग्ने गर्छ । जसले गर्दा कानको जाली फुट्छ र कान नसुन्ने समस्यासमेत हुन्छ । त्यस्तै, यसले गर्दा कान दुख्ने, कानमा घाउ भइ रगत आउने जस्ता समस्या पनि निम्तिन्छ । कानेगुजी अत्यधिक जम्मा भएको वा कानमा असहज महसुस भएको अवस्थामा भने चिकित्सककोमा गएर कान सफा गर्नुपर्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया