NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कुन अवस्थामा क्षयरोगल छिटो आक्रमण गर्छ ?

काठमाडौं । आज विश्व क्षयरोग दिवस । नेपालमा पनि ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराको साथ विविध कार्यक्रम गरी क्षयरोग दिवस मनाइएकाे छ ।

नेपालमा वर्षेनी ६९ हजारजना क्षयरोगबाट गुज्रिने गरेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई ओषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

क्षयरोग आँखाले देख्न नसकिने अति सुक्ष्म किटाणुबाट सर्ने सरुवा रोग हो । यो हावाको माध्यमबाट एकदेखि अर्को व्यक्क्तिमा सहजै सर्छ । तर यदि क्षयरोगका किटाणु संक्रमण भएका व्यक्तिमा रोगसँग लड्न सक्ने क्षमता छ भने उक्त व्यक्तिमा यो रोग लाग्दैन् । रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्तिमा क्षयरोगले छिटै आक्रमण गर्ने गर्छ ।

किटाणुले आक्रमण गरेको व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोगको लक्षण देखापर्छ । मुख्यतया क्षयरोग दुई प्रकारका हुन्छन् । फोक्सोको क्षयरोग र फोक्सोबाहेक शरीरका अन्य भागमा लाग्ने क्षयरोग ।

क्षयरोगका लक्षण

क्षयरोगमा विभिन्न लक्षण देखापर्छन् । दुई हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, छाति दुख्नु, खकार निस्कनु क्षयरोगका लक्षण हुन् । यसै गरी, राति पसिना आउनु, छिटो छिटो श्वास फेर्नु, खान मन नहुनु, शरीरको तौल घटनु पनि क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।

क्षयरोगबाट कसरी बच्ने ?

क्षयरोगबाट बच्न सुर्तिजन्य पदार्थबाट टाढा रहनु आवश्यक छ । त्यस्तै, मानसिक तनाव कम लिने, क्षयरोग संक्रमित व्यक्तिबाट टाढा रहने, दुई हप्ताभन्दा बढी खोकी वा ज्वरो आएमा स्वास्थ्य परीक्षण गर्ने गरेमा क्षयरोगबाट बच्न सकिन्छ । क्षयरोगबाट बच्न सन्तुलित आहारमा जोड दिनुपर्छ भने व्यायाम र योग पनि आवश्यक छ । शिशु जन्मनेबित्तिकै बिसीजी खोप लगाइदिँदा शिशुमा क्षयरोग लाग्ने जोखिम कम हुन्छ ।