NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एजेन्सी । हिजोआज हाडजोर्नी दुख्ने समस्या अधिकांशको साझा समस्या बनेको छ । जोर्नी वा घुँडा दुख्नुको प्रमुख कारण अस्वस्थ्य जीवनशैली र खानपान हो । कतिपय अवस्थामा यो समस्याले व्यक्तिको काममा प्रत्यक्ष असरसमेत पारिरहेको हुन्छ ।

आजको आधुनिक जीवनशैलीले व्यक्तिको मांसपेशीमा कडापनसँगै जोर्नी दुख्ने समस्या दिनप्रतिदिन निम्त्याइरहेको छ । महिला र पुरुषको शारीरिक संरचनाका कारण पुरुषको तुलनामा महिलालाई घुँडा वा जोर्नी दुख्ने समस्या बढी हुन्छ । जोर्नी दुख्ने समस्यालाई वेवास्ता गर्दा यसले भविष्यमा झन् विकाराल रूप लिन्छ ।

जोर्नी दुख्नुकाे कारण

रजोनिवृत्ति (महिनावारी सुक्ने) पछि महिलाहरूमा मासिक धर्म चक्रको समयमा हुने एस्ट्रोजेन हार्मोनको स्तर कम हुन्छ । एस्ट्रोजेनले महिलाहरूको घुँडालाई स्वस्थ्य बनाउन मद्दत गरिरहेको हुन्छ । तर महिनावारीमा एस्ट्रोजन हर्मोनको कम स्तरले घुँडालाई असर गर्छ र जोर्नी वा घुँडा दुख्ने समस्या हुन्छ ।

घुँडा वा जोर्नीको हड्डीमा घाउ चोट लागेको अवस्थामा पनि घुँडा दुख्ने समस्या हुन्छ । योसँगै व्यायाम गर्दा वा अत्यधिक दौडिँदा पनि घुडाँ वा जोर्नीमा दबाब पर्छ र दुखाइ बढ्न सक्छ । महिलामा मोटोपनाका कारण जोर्नी दुख्ने समस्या हुनसक्छ । विज्ञहरूका अनुसार जति धेरै तौल हुन्छ, घुँडामा पाँच गुणा बढी दबाब पर्छ ।

जोर्नी दुख्ने समस्यालाई कसरी कम गर्ने ?

घुँडा वा जोर्नी दुख्ने समस्याबाट बच्न शरीरलाई स्वस्थ राख्नुपर्छ । यसका लागि उचित व्यायाम छनौट गर्नु पर्छ । पौडी खेल्ने, साइकल चलाउने, हल्का सँग बिहान बिहान कुद्ने गर्दा पनि यसले धेरै हदसम्म घुँडा वा जोर्नीको दुखाई कम गर्छ ।

बढी तौलका कारण पनि घुँडामा दबाब आउँछ । त्यसैले तौललाई सन्तुलित राख्दा जोर्नीको समस्या कम हुन्छ । विशेषज्ञको सल्लाह अनुसार व्यायायाम गर्न सकिन्छ । अत्यधिक जोर्नी वा घुँडा दुखेको अवस्थामा चिकित्सकको परामर्श अत्यवश्यक छ ।