आज अप्रिल फुल, झुक्याउलान् है !

काठमाडौं । आज अप्रिल १ तारिख । अर्थात् अप्रिल फुल । आजको दिनलाई ढाँट्ने अर्थात् मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ ।
यो संस्कृतिको सुरुवात पश्चिमा मुलुकबाट भएको हो । पश्चिमा देशहरूमा यो दिन ख्याल ठट्टा गरेर मनाइने गरिएकोमा अहिले विश्वभर फैलिएको छ । पछिल्लो समय नेपालमा पनि पश्चिमा संस्कृतिको प्रभाव देखिन थालेको छ ।
झुक्याएर अरूलाई आलोचना गर्ने यो पर्व निर्विवाद भने छैन । कतिले यसलाई रमाइलो गर्ने अवसरका रूपमा लिएका छन् भने केहीले विकृत्ति मान्दै आलोचना गर्ने गरेका छन् । रमाइलो रूपमा झुक्याउँदा यदाकदा अप्रिय घटनासमेत हुने गरेका छन् ।
कसरी मनाउन थालियो ?
अप्रिल फुल किन र कहिलदेखि मनाउन थालियो ? यसको कुनै यकिन तथ्यांक छैन । मध्यकालमा युरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।
१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो। तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेलासम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो।
अप्रिल १ लाई फुल दिवस मनाउनुको अर्को एक कारण पनि देखिन्छ। अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ जुन सन १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे । चान्सरको मतलव सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इन्ग्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो। तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । तर कुरा आयो १ दिनको त्यो ३१ तारिख पछिको दिनलाई मार्च ३२ भन्ने वा अप्रिल १ भन्ने यहि दोधारका बीच त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फुल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।
प्रतिक्रिया