NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चन्द्रागिरिमा हिउँ पर्यो (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको चन्द्रागिरि र त्यस आसपासका डाँडामा हिउँ परेको छ ।

केही दिनदेखि पश्चिम र सामान्य वायुको प्रभावले वर्षा तथा बदली भएर काठमाडौंको मौसम चिसिरहेका बेला चन्द्रागिरि र त्यस वरपरका  डाँडामा हिउँ परेको हो ।

अघिल्ला वर्षहरूमा पनि चन्द्रागिरी र यस आसपासका क्षेत्रमा यसैगरी हिमपात हुने गरेको थियो । तर यस पटक भने गर्मी सुरु भइसकेपछि मध्ये चैतमा हिउँ परेको छ ।

हिमपातपछि काठमाडौं आसपासबाट हिउँका पारखीहरू चन्द्रागिरि पुगेका छन् ।

तस्बिरहरू : चन्द्रागिरि हिल्स लिमिटेड