NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा विभिन्न विषय प्रवेश गराएर छलफल गर्ने कार्यसूची छ ।

संसद् सचिवालयले बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको जनाएको छ ।

संसद् सचिवालयका अनुसार,  आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ पेश गर्ने कार्यसूची छ । यसअघि यी दुई विधेयक राष्ट्रियसभामा प्रस्तुत भएकोमा त्यहाँको सन्देशसहित प्रतिनिधिसभामा टेबुल गर्न लागिएको हो ।

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्य मनोनीत गर्ने तथा प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने थप दुई कार्यसूची पनि आजको बैठकको छ ।