NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्ता छन् कफी पिउनुका फाइदा र बेफाइदा 

एजेन्सी । दिनको एकपटक चिया या कफी पिउने अधिकांशको बानी नै हुन्छ । अझ विशेषगरी कफी रुचाउनेको संख्या अत्यधिक छ । कोही व्यक्तिको आवश्यकता बिहान उठनासाथ कफी पिउने पनि हुन्छ ।

दिनभरी अफिसमा काम गर्दा वा राति अबेरसम्म जाग्राम बस्दा कफीको विकल्प अरु हुनै सक्दैन् । खासमा कफी पिउँदा फाइदा हुन्छ कि बेफाइदा भन्नेबारे आज हामी चर्चा गर्नेछौं ।

कफीको आफ्नै फाइदा र बेफाइदा छन् । एक अध्ययनका अनुसार संसारभरका मानिसहरूले हरेक दिन लगभग २.२५ बिलियन कप कफी पिउने गर्छन् । धेरै अध्ययनमा कफीका फाइदा उल्लेख छन् भने बेफाइदा पनि त्यत्तिकै छन् ।

कफीमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । रिबोफ्लेभिन (भिटामिन बी १२) , नियासिन (भिटामिन बी ३), म्याग्नेसियम, पोटासियम, विभिन्न फिनोलिक यौगिकहरू र एन्टिअक्सिडेन्टहरू प्रतिलिपिमा पाइन्छ । यी पोषक तत्वहरूले मानव शरीरलाई विभिन्न तरिकाले फाइदा पु-याउन सक्छन् ।

फाइदा

टाइप २ मधुमेहमा कफी

अध्ययनका अनुसार कफीले टाइप २ मधुमेहको जोखिम कम गर्न सक्छ । ४८ हजार भन्दा बढी मानिसहरुमा २०१४ मा अनुसन्धान गरेर तयार पारिएको एक प्रतिवेदनले कफीले टाइप २ मधुमेहको जोखिम ११ प्रतिशतले घटाएको जनाएको थियो । यद्यपी, मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा मात्र कफी पिउनुपर्छ ।

कलेजोको क्यान्सरमा कफी

कफीले कलेजोको क्यान्सरको जोखिम पनि कम गर्नमा मद्दत पुर्याउँछ । एक अमेरिकी अध्ययनले प्रति दिन दुईदेखि तीन कप कफी पिउने सहभागीहरूलाई हेपाटोसेलुलर कार्सिनोमा र दीर्घकालीन कलेजो रोग हुने जोखिम कम हुने निष्कर्ष निकालेको थियो । कफीमा पाइने क्याफिन रक्तचापलगायत मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

बेफाइदा

पाचनमा समस्या

कफीको सेवनले पेटमा एसिडको उत्पादन बढाउँछ । जसले पाचन प्रणालीमा नकारात्मक असर गर्छ । कफी अत्यधिक पिउनाले अपच तथा पेट सम्बनधी समस्या निम्याउँछ ।

डिहाइड्रेसनको समस्या

बिहानको कफीले दिनको सुरुवात गर्दा यसले शरीरमा नकारात्मक असर गछ । यसले पानीको मात्रालाई घटाएर शरीरमा डिहाइड्रेसनको समस्या ल्याउँछ । कफीमा हुने क्याफिनले पिसाब बढाउँछ । जसले गर्दा डिहाइड्रेसनको जोखिम पनि उच्च मात्रामा बढाउँछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष