टिकटकमा हतियार प्रदर्शन गर्ने गुण्डा नाइकेका बडिगार्ड पक्राउ

काठमाडौं । टिकटकमा हतियार प्रदर्शन गर्ने गुण्डा नाइकेका बडिगार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुण्डा नाइके मिलन चक्रेका बडिगार्ड गणेशबहादुर बोगटीलाई प्रहरीले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको आरोपमा बाँकेको चिसापानीबाट नियन्त्रणमा लिएको हो ।
बोगटीले पोइन्ट टुटु नामक हतियार बोकेर हिँडेको भिडियो टिकटकमार्फत सार्वजनिक गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले बोगटीले अनधिकृत ढंगले हतियार प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बोगटीले प्रदर्शन गरेको हतियारको लाइसेन्स रहेको खुलेको छ । नियमानुसार लाइसेन्स लिएर हतियार राख्न पाइने भए पनि प्रदर्शन गर्न भने पाइँदैन । त्यसैले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
प्रतिक्रिया