NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बारम्बार पिसाब किन लाग्छ ?

एजेन्सी । शरीरले पिसाबको माध्यमबाट फोहोर पदार्थ निकाल्छ । मानिसको पिसाबमा पानी, युरिक एसिड, युरिया र विषाक्त तत्व हुन्छन् ।

धेरैजसो मानिसले दिनमा ६/७ पटकसम्म पिसाब फेर्छन्। तर कोहीलाई भने दिनमा बारम्बार पिसाब फेरिरहनुपर्ने हुन्छ । यदि कसैले दिनमा करिब तीनदेखि साढे तीन लिटर पानी पिउने गर्छ र प्रत्येक चार घण्टाको अन्रतरालमा पिसाब फेर्छ भने यसलाई सामान्य मान्नुपर्छ । ती व्यक्ति रातको समयमा पनि एकपटक पिसाब फेर्नकै लागि उठ्न सक्ने सम्भावना हुन्छ ।

तर यदि कोही व्यक्ति राति बारम्बार उठेर पिसाब फेर्छ भने त्यो सामान्य होइन । यो ‘ओभरएक्टिभ मूत्राशय’ को कारण हुन सक्छ। यदि कसैको पिसाबको मात्रा बढीमा ४ सय देखि ५ सय एमएल छ र उसलाई प्रत्येक १/२ घण्टामा पिसाब लाग्ने गरेको छ भने उसलाई ‘पोलियुरिया’ भन्ने रोग लाग्न सक्छ।

त्यस्तै बारम्बार पिसाब लाग्नु वास्तवमा मधुमेहको एक सामान्य लक्षण पनि हो। गर्भावस्थाको समयमा पनि पिसाब धेरै लाग्ने गर्छ । यदि तपाइले मूत्रवर्धक औषधि को प्रयोग गर्नुभएको छ वा मदिराको अत्यधिक खपत गर्नुहुन्छ भने पनि यसले अत्यधिक पिसाब लाग्न सक्छ । विज्ञहरुका अनुसार स्वास्थ्य व्यक्तिले दैनिक २ दखि २.२ लिटर पिसाब फर्नेुपर्छ ।