NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मधेसका यी चार पालिका जसले महालेखालाई हिसाब–किताब देखाउन मानेनन्

काठमाडौं । मधेस प्रदेशका चार स्थानीय तहले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षण गर्न अवरोध गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०७८÷७९ को लेखापरीक्षणका लागि विवरण माग गरेकोमा ती नगरपालिकाले अटेरी गरेका हुन् ।

महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षण गर्न अवरोध गर्ने स्थानीय तहमा धनुषाको कमला नगरपाकिा, रौतहटको वृन्दावन नगरपालिका, सप्तरीको छिन्नमस्ता गाउँपालिका र धनुषाको धनौजी गाउँपालिका छन् ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा यी पालिकाले अवरोध गर्दा लेखापरीक्षण गर्न नसकिएको जनाएको छ ।

त्यसो त, यस्तो समस्या विगत वर्षमा पनि देखिएको थियो । महालेखाका अनुसार, अघिल्लो आर्थिक वर्षमा मधेसका आठ र कर्णालीका एक पालिकाले लेखापरीक्षण गराउन अटेरी गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष