मदनकृष्ण र हरिवंशसहित ४५ कलाकार राष्ट्रपतिबाट विभूषित (सूचीसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरेका छन् । कलाकारितामार्फत देशलाई योगदान पुर्याएका विभिन्न पेशा व्यवसायीलाई नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभूषित गरेकोमा ४५ कलाकार समेटिएका हुन् ।
राष्ट्रपतिबाट पदकसहित सम्मानित हुनेहरूमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशी छन् । उनीहरूलाई सुकीर्तिमय राष्ट्रदीप विभूषणद्वारा सम्मानित गरिएको हो ।
दीपकराज गिरी, शम्भु राई, प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री, दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट, दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरेका छन् ।
त्यसैगरी, मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्मालाई प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरिएको छ । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाही जनसेवाश्री र प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेर नेपाल सेवा प्रवीण पदकबाट सम्मानित भए ।
यसअघि सरकारले गत असोज ३ गते विभूषित गर्नेहरूको नाम सार्वजनिक गरेको थियो । त्यही सूचीमा परेकाहरूलाई नयाँ वर्ष २०८० को पहिलो दिन पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया