NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बालुवाटारमा सुरक्षाकर्मीकै गोली लागेर वर्षमान पुनकी आमा घाइते

काठमाडौं । बालुवाटारमा गोली चल्दा माओवादी नेता वर्षमान पुनकी आमा घाइते भएकी छिन् ।

पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन् ।

प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको ज्ञवालीले बताए ।

घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।

यो घटना शुक्रबार रातिको हो ।

हाल प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष