NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सशस्त्रका सहायक हवल्दारद्वारा आफैंमाथि गोली चलाएर आत्महत्या

काठमाडौं । सशस्त्र प्रहरीका सहायक हवल्दारले दाङमा आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्रका सहायक हवल्दार वसन्त केसीले गएराति ८ बजे ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–८, टिकरीका स्थायी ठेगाना भएका केसीको आफूले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

उनले आफैंमाथि गोली चलाएर आत्महत्या गर्नुको कारण नखुलेको र यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष