NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

मिटर ब्याज पीडित र सुरक्षाकर्मीबीचको झडपबारे तीन दिनभित्र छानविन गर्न समिति गठन

काठमाडौं । सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा सुरक्षाकर्मी र मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिबीच भएको झडपबारे छानविन गर्न समिति गठन भएको छ ।

यसबारे छानविन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन सोमबार नै गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त समितिमा खत्रीसहित नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसनधान अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृत दिवेश बिडारी सदस्य छन् ।

हिजो शान्तिबाटिकामा भएको झडपमा प्रहरी र पीडित दुवै पक्ष घाइते भएका थिए । विहानदेखि शान्तिबाटिका घेरेर बसेका मिटर ब्याज पीडितलाई प्रहरीले बाहिरबाट ताला लगाइदिएपछि झगडा सुरु भएको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष