संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीशबारे छलफल, निस्किएन निष्कर्ष

काठमाडौं । लामो समयपछि संवैधानिक परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधबार बिहान परिषद् बैठक बसेको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनेबारे छलफल भएको थियो । परिषद्ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउँदा सर्वोच्च अदालतले चोलेन्द्रशमशेरपछि अर्को प्रधानन्यायाधीश पाउन सकेको छैन । तर बुधबार यसबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया