NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

थप उपचारका लागि राष्ट्रपतिलाई दिल्ली लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिने भएको छ ।

स्वास्थ्यमा अचानक समस्या आएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाहअनुसार भारत लैजान लागिएको हो ।

चिकित्सकको सल्लाहपछि उनलाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान गरी तयारी अघि बढाइएको पौडेलको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल केही समयदेखि पेट तथा छातीको इन्फेक्सनले पीडित छन् । यसअघि गत चैत १८ मा यस्तै समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएर ५ दिन उपचार गराएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष