लामखुट्टेबाट बच्न प्रयोग गरिने धुप कति हानिकारक ?
एजेन्सी । गर्मीसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, औलो, चिकनगुनियालगायतका रोग देखापर्छन । यी सबैबाट बच्ने उपाए भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो ।
लामखुट्टेबाट बच्न हामीले धेरैजसो लामखुट्टे मार्ने धुपको प्रयोग गछौं । तर यस्तो धुपको धुँवाले भने स्वास्थ्यमा गम्भीर असर गर्छ । जसले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। लामखुट्टे भगाउने धुपमा धेरै हानिकारक तत्वहरू हुन्छन् जसले शरीरमा पुगेर गम्भीर रोगसम्म लाग्छ ।
त्यसैले यस्तो धुप बाल्दा केही सावधानी अपनाउनु पर्छ । एक अध्ययनका अनुसार लामखुट्टे भगाउन प्रयोग हुने धुपबाट निस्कने धुँवा हाम्रो शरीरका लागि चुरोटको धुँवा जत्तिकै हानिकारक छ । एउटा धुपको धुँवा ५० वटा चुरोटको धुँवा बराबर खतरनाक हुन्छ ।
युनिभर्सिटी अफ सिड्नीका विज्ञहरूका अनुसार यो धुपले दुई किसिमले काम गर्छ । पहिलो, यसमा लामखुट्टेलाई भगाउने सुगन्धित पदार्थ जस्तै सिट्रोनेला हुन्छ । दोस्रो, यसमा लामखुट्टे मार्ने कीटनाशकहरू हुन्छन्। यी दुवै मानव शरीरको लागि हानिकारक मानिन्छ । लामखुट्टे मार्न प्रयोग गरिने धुपबाट निस्कने धुँवामा सूक्ष्म कणहरू हुन्छन् ।
जसले मुटुदेखि फोक्सोसम्मका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । त्यसैले सकेसम्म लामखुट्टेको धुप बाल्नु हुँदैन । यदि बाल्नै परेमा धुप बाल्दा कोठा बन्द गर्नुहुँदैन ।
धुप बाल्ने ठाउँमा धुवा जाने ठाउँ छ कि छैन् यकिन गर्न पनि त्यतिकै आवश्यक छ । धुप बाल्दा भेन्टिलेसन भएको कोठा हुनुपर्छ । यसले धुँवा सिधै शरीरमा प्रवेश गर्न पाउँदैन् । यसको जोखिमबाट बच्न लामखुट्टेको धुप भन्दा झुल सबैभन्दा सुरक्षित मानिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया