NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

उपचारपछि संसदमा चन्द्र भण्डारीको १२ मिनेट सम्बोधन- हामीले रेगुलेटर चलाउनसमेत सिकाएनछौं

काठमाडौं । ३ फागुनमा काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते भएका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले उपचारपछि पहिलोपटक संसदमा बोलेका छन् ।

भारतको बम्बईस्थित नेशनल वर्न सेन्टरमा दुइ महिना लामो सघन उपचार गरी उनी १७ वैशाखमा स्वदेश फर्किएका थिए । उनकी ८६ वर्षीय आमा र्कीतिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

५ जेठमा संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भण्डारीले भेन्टिलेटरमा उपचार गरेकामध्ये तीन जनामात्र बाँच्न सफल भएको सुनाए । त्यसमध्ये एकमा आफू बाँच्न पाएको खुशी संसदमा सुनाए । आफूले जुन अवस्था भोग्नु पर्यो त्यो अरूले भोग्न नपर्ने गरी कानुन बनाउन सरकारसँग आग्रह गरे ।

‘गाउँ गाउँमा बस पुग्यो । सडकहरू बने । विभिन्न प्रविधि भित्रिए । तर जलनको विषयमा आवश्यक जानकारी हामीले पाठ्यपुस्तकमा राख्न सकेनौं । बगरमा बालुवा चाल्ने व्यक्ति देखेनौं । डोजर देख्यौं । हामीलाई जसले भोट दिएर यहाँसम्म पठाए उहाँहरूको अवस्था बदल्न सकेनौं । संयोगबस प्रधानमन्त्रीज्यू यहाँ हुनुहुन्छ, सामान्य व्यक्तिहरूको समस्या बुझेर कानुन बनाउन मेरो आग्रह छ’, उनले भने ।

भारतमा आफूले उपचार गरेको अस्पतालबारे जानकारी दिँदै एउटा परिवारले चलाएको अस्पताल दक्षिण एशियामै उत्कृष्ट हुने तर नेपालमा म्यानपार धेरै हुँदासमेत अस्पताल किन सुविधा सम्पन्न भएन भनि प्रश्न गरे ।  ‘म जुन अस्पताल गएँ, त्यो अस्पताल बाबु छोराले चलाएको रहेछ । त्यो दक्षिण एसिएकै टप अस्पताल रहेको छ’, भारतको उदाहरण दिँदै उनले भने, ‘र्कीतिपुर वर्न अस्पतालमा १३ जना डाक्टर कार्यरत छन् । अन्य अस्पतालमा समेत जनशक्ति पर्याप्त छन् । तर हामीले सेवा सुविधा सुविधान दिन सकेनौं । अब यसतर्फ सरकराले ध्यान दिन जरुरी छ ।’

आफ्नो अनुभव सुनाएका भण्डारीले आगामी ती वर्षमा विश्व कहाँ जाँदैछ भन्ने विषयमा विचार राखे । अबको तीस वर्षमा नेपालको पानीले विजुली निकालेर काम नगर्ने बताए ।  ‘तीस वर्षमा विजुली उत्पादन घट्नेछ, सौर्य उर्जा बढ्नेछ । अहिलेका गाडीहरू ८० प्रतिशत घट्नेछ, स्वचालित गाडी आउनेछन् । मानिसको दिमागमा चिप्स जडान हुने र एलिनसँग कुरा गरेर ईश्वरीय शक्ति प्राप्त गर्नेछ । विश्वका ३ सय बैज्ञानिकको भेलाले गरेको  फोरकास्ट हो यो । तर आज हामी विश्वले मानेको स्वच्छ, इमान्दार र वातावरणले पनि सक्षम रहेको देश अगाडी बढ्न सकेको छैन । के हामी कमजोर हौं ? हामीमा ज्ञान छैन ?’, उनले भने ।

त्यसपछि महाभारतका चर्चित पात्र भीष्मपितामह र कृष्णबीचको सम्वादको अंशलाई लिएर नेपाल ज्ञान र अनुभव दुवैमा कमी नभएको बताए । पछिल्लो समय दलहरूबीच देखिएको द्वन्द्वप्रति इंकित गर्दै आपसी सहमतिमा आउनन आग्रह गरे ।

‘हामी कहा यत्रो अनुभव छ । के हामीले द्वन्द्व व्यवस्थापन गरेका होइनौं ? अमेरिकाले अफगानस्थानमा द्वन्द्व व्यवस्थापन गर्न सक्यो ? पाकिस्तानमा गर्न सक्यो ? सुडानमा गर्न सक्यो ? वा शक्तिशाली देशले सके ? तर हामीले द्वन्द्व व्यवस्थापन गरेर संसारमा उदाहरणीय काम गरेका होइनौं ? चीन र भारत जस्ता शक्तिशाली छिमेकी भएको देशमा संविधान बनाएका होइनौं ? संविधान बनाउन हामी एक ठाउँमा उभिएका होइनौं ? संघ बढी भए की संख्या बढी भए की समावेशीको विषयमा छलफल गरौं न । महाभारत युद्ध नभएको भए गीता आउँथ्यो ? द्वन्द्व नभएको भए समावेशीता आउँथ्यो ? ढुन्डीराज शास्त्रीले जमानामा ५ प्रदेश बनाउँ भन्दा नमानेको होइन ? त्यति धेरै ज्ञान र अनुभव प्रयोग गर्नु पर्दैन ? आलोचनामा, लोभमा, इस्र्यामा, अस्थिरतामा यो मुलुक कहिलेसम्म जान्छ ? अनुभव र ज्ञानलाई प्रयोग गर्न जान्नुपर्छ’, दलहरूलाई सुझाव दिँदै उनले भने ।

समकालीन राजनीतिज्ञमध्ये इमान्दार र वौद्धिक छवि बनाएका भण्डारी मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी–१ बाट निर्वाचित भएका थिए ।