NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

युट्युबको मनिटाइज पोलिसी परिवर्तन, साना क्रिएटरलाई हुनेछ फाइदा

काठमाडौं । अहिलेको चल्तीको भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ ।  हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ ।

प्रविधिको वरदान सावित युट्युबलाई आर्थिक उपार्जनमा जोड्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि एउटा शुभ समाचार छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ ।

यसअघि युट्युबले मनिटाइजेसनका लागि १००० सब्सक्राइबर हुनुपर्ने नीति बनाएको थियो । अब त्यसलाई परिमार्जन गरेर ५०० मा झारिएको छ । साना ‘क्रियटर’हरूलाई मध्यनजर गरेर युट्युबले यस्तो व्यवस्था गरेको हो ।

वाच आवर अवधि पनि घटाइएको छ । यसअघि वाच आवर ४००० रहेकोमा त्यसलाई घटाएर ३००० बनाइएको हो । शर्ट भ्युजलाई पनि एक करोडबाट ३० लाखमा झारिएको छ । आम्दानीतर्फ पनि केही संशोधन गरिएको छैन ।

कम्पनीका अनुसार, यो नियम सुरुमा अमेरिका, क्यानडा, बेलायत, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।