NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद् बैठक बस्दै

काठमाडौं । न्याय परिषद् बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालत र जिल्ला अदालतका न्यायाधीश नियुक्तिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि पनि यी अदालतका न्यायाधीश नियुक्तिबारे छलफल गर्न परिषद् बैठक बसेको थियो । तर नियुक्तिबारे निर्णय हुन सकेको थिएन ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा आजको बैठकले न्यायाधीश नियुक्ति गर्ने सम्भावना छ ।

हाल सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा ४६ न्यायाधीश रिक्त छन् ।

ताजा अपडेट

नेपालवाच विशेष