NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाको बैठक सुरु हुना साथै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सैनाले एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)लाई बोल्न समय दिएका थिए ।

त्यसक्रममा उनले सुन तस्करी प्रकरणमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन् । उनले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद निरन्तर रूपमा अवरुद्ध रहने बताइन् ।

‘सुन तस्करसँग सरकारको संलग्नता छ भन्ने दर्जनौ तथ्यले पुष्टि गर्दछ । ११ महिनामा मात्रै २२ हजार किलो भन्दा शंकास्पद समान भित्रएको छ । जसमध्ये १५ हजार किलो त सुन मात्रै हो भन्ने समाचार पनि छ । सरकारको संलग्नता बिना यस्तो कार्य कसरी सम्भव हुन सक्छ ? कदापी यो हुन सक्दैन।’ उनले भनिन्, ‘त्यसकारण सरकारले सुन तस्करी प्रकरणमा आफैले गर्ने छानविनमा आफैलाई दोषी करार गर्नेे आँट गर्न सक्दैन । जनताले विश्वास गर्न सकिरहेका छैनन् । यसको छानविनका लागि उच्चस्तरिय छानविन आयोग नै बनाउनु पर्छ ।’

अध्यक्ष तिमल्सिनाले संसद बैठकमा अवरोध संचालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरूले उठेर अवरोध कयमा राखेका थिए ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुई पटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजे बस्ने छ ।