NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन असोजबाट काठमाडौंमा हुने भएको छ । सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म चल्ने छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

संघको स्मार्ट एप मार्फत १०–२० अगस्टसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने संघले जनाएको छ ।

संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन अनुरोध गरेको छ ।

महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष