NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १२ गते

खाली पेट ‘मुड अफ’को मुख्य कारण

एजेन्सी। भोकले हाम्रो दिमागलाई धेरै तरिकाबाट असर गर्न सक्छ ।थोरै समयका लागि भएपनि भोकले हाम्रो भावना र दिमागमा नराम्रो असर पार्ने गरेको अनुसन्धानले देखाएको छ । नकरात्मक भावना र ‘मुड अफ’को कारण भोक पनि हुने गरेको अनुसन्धानले जनाउँछ ।

भोक लागेको समयमा हाम्रो मनमा विभिन्न सोच आउने गर्छन् । उक्त समयमा पलाएका सोचहरु प्रायः नकरात्मक हुने भएकाले हामीले ती सोचहरुलाई बुझ्दैनौ । त्यसैले त्यसले हाम्रो सोच्ने तरिकामा गम्भीर असर पार्न सक्छ ।

१ सय २९ महिलालाई १४ घण्टा भोकै राखेर गरिएको अध्ययन

नेदरल्यान्ड्सको युनिभर्सिटी अफ ग्रोनिन्जेनका मनोवैज्ञानिक निएनके जोन्कर र उनका सहकर्मीहरुले १२९ महिलामाथि अध्ययन गरेका थिए ।
ती मध्ये आधा महिलाहरुलाई १४ घण्टा भोकै राखिएको थियो । त्यसपछि उनीहरुलाई भोकको स्तर, खाने बानी र मुडको बारेमा सोधिएको थियो ।

उक्त अनुसन्धान अनुसार भोकै राखिएका ती महिलाहरुमा नकरात्मक भावना, डिप्रेसन, क्रोध, तनाव थकान र भ्रम बढी देखिएको थियो ।
यो हाम्रो मुड खराब हुनुको मुख्य कारण हो । यसले हामीलाई निराशावादी बनाएर संसारप्रती अथवा हाम्रो द्यष्टिकोण परिवर्तन गर्न सक्छ ।
यदि तपाईको पनि मूड अफ भएको छ भने, त्यो समयमा तपाईले पनि जीवनमा भएका सम्पूर्ण नकरात्मक कुराहरुलाई राम्रोसँग याद गर्न खोज्नुहुन्छ ।

यिनै कुराहरुले तपाईंको मूड अफ हुन सक्छ । भोकले पनि तपाईंको ध्यान विचलित गर्छ । जसले गर्दा कुनै पनि काम गर्दा तपाईले आफ्नो ध्यान केन्द्रीत गर्न ग्राहो भइरहेको हुन्छ ।

भोकको कारण तपाईले आफ्नो नियन्त्रण शक्ती गुमाउन सक्नुहुन्छ । कसैलाई अली धेरै भोक लाग्ने गर्छ । शरिरको रगतमा ग्लुकोजको मात्रा घट्दा आफूलाई नियन्त्रण गर्न नसक्नका कारण धेरै भोक लागेको हुन सक्छ ।

संसारमा अधिकांश मानिसहरु नकरात्मक विचार र भावनाले भरिएका छन् । भोकले हाम्रो भावना र विचारहरु नियन्त्रण गर्ने क्षमतालाई नष्ट गर्छ । मध्यान्ह अथवा दिउँसोको खानाले बालबालीकाको १६ प्रतिशत मस्तिष्कको विकासमा सुधार गर्छ ।

पर्याप्त पोषक तत्वको कमीका कारण मस्तिष्कको विकास हुन र काम गर्न मस्तिष्कले संघर्ष गर्न सक्छ । जुन विद्ययालयमा बालबालीकालाई खानाको व्यबस्था गरिएको छ त्यहाका बालबालीकाको मस्तिष्कमा १३ देखि १६ प्रतिशतसम्म सुधार भएको अनुसन्धानले देखाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष