अध्यागमन विभागको महानिर्देशकमा तामाङ

काठमाडौं । गृह मन्त्रालयले सहसचिव रुद्र तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा खटाएको छ । यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी छानबिनका लागि मन्त्रालय तानिएपछि विभागको नेतृत्व रिक्त थियो ।
तामाङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । त्यस्तै, विमानस्थलका अध्यागमन प्रमुख अध्यागमन अधिकृत पनि फेरिएका छन् । विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने त्यहाँ कार्यरत रामबन्धु सुवेदीलाई दाङको सिडिओमा खटाइएको छ ।
ताजा अपडेट
-
बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी
-
प्रतिनिधिसभाबाट ‘जलस्रोत विधेयक २०८१’ पारित
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिक्रिया