बालबालिकामा किन हुन्छ कुपोषण ? कसरी गर्ने रोकथाम ?

काठमाडौं । बालबालिकाको विकासको चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ । विशेष गरी न्यून पोषण, सूक्ष्म पोषक तत्त्वको कमी र मोटोपनालाई कुपोषणको प्रकार मानिन्छ । नेपालमा पनि प्राय हिमाली भेगका बालबालिकामा कुपोषणाको जटिल समस्या देखिँदै आएको छ । यद्यपी, यो समस्या अन्य ठाउँका बालबालिकामा पनि नदेखिएको भने होइन । आज हामी बालबालिकामा किन कुपोषण हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने बारे चर्चा गर्दैछौँ ।
कुपोषण हुनुका कारणहरू
जन्मजात कुपोषण
पौष्टिक खाद्य, खानाबारे अज्ञानता
गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु
पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
भिटामिन तथा खनिज पदार्थको कमी
अस्वस्थ वातावरणको असर
विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु
बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि ।
रोकथाम
किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ ।
गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधीको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।
गर्भावस्थामा सिफारिस गरिएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ ।
गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।
जन्मनासाथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।
हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शिघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिन्छ ।
खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्दछ र फोहरबाट सर्ने रोगबाट सुरक्षित हुनुपर्दछ ।
रोग तथा सङ्क्रमणबाट आमा र शिशुलाई जोगाउनुपर्दछ ।
कुपोषण पहिचान भएको शिशु र बालबालिकालाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य संस्थामा उपचार गराउनुपर्दछ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया