अचेत अवस्थामा फेला परेका सहसचिव कार्कीको निधन

काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।
गएराति सुतेको स्थानमा कार्की अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए ।
अस्पताल पर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्की कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया