NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

मनाङ एयर हेलिकप्टर दुर्घटना : पाइलटलाई दिल्ली लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते पाइलट प्रकाशकुमार सेढाईँलाई थप उपचारका लागि भारत लगिएको छ ।

दुर्घटनापछि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत सेढाईंलाई चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि आइतबार बिहान त्यसतर्फ लगिएको हो ।

ह्याम्स अस्पतालले श्री एयरलाइन्सको चार्टड विमानमार्फत भारतको मुम्बई लगिएको जनाएको छ । सेढाईंको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भर्ना भएका छन् ।

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो । पाइलट मात्र रहेको हेलिकप्टर दुर्घटनामा सेढाईं आक्रमणमा परेका थिए ।ञ