नेपाली सेनाका रथी राणा अवकाश बिदामा, भावी प्रधान सेनापतिका लागि बढुवा हुँदै

काठमाडौैं । नेपाली सेनाका प्रधान सेनापतिपछि दोस्रो बरियताका उच्च अधिकारी सरोज प्रताप राणा बिदामा बसेका छन् । उनी बिदामा बसेसँगै नेपाली सेनामा भावी प्रधान सेनापति छनोटको प्रक्रिया अघि बढेको छ ।
११ कात्तिकदेखि अवकाश पाउन लागेका राणा आइतबारदेखि बिदामा बसेको सैनिक मुख्यालयले जनाएको छ । उनको अवकाशपछि रिक्त हुने रथीमा पदमा बढुवा हुने उपरथी नै १० महिनापछि नेपाली सेनाको प्रधान सेनापति हुनेछन् । यसअघि राणाको म्याद थप हुने आकलन समेत थियो ।
राणा आफैं बिदामा बसेपछि उनको म्याद थप हुने सम्भावना समाप्त भएको छ । रिक्त हुने पदमा उपरथीद्वय ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा छ । जसको हाल रथीमा बढुवा हुँदा आगामी भदौमा उनी प्रधान सेनापति हुनेछन् । बरियतामा पाण्डे अगाडि रहेकाले उनकै बढुवा हुने सम्भावना रहेको र प्रधान सेनापति प्रभुराम शर्मा पनि उनीसँग सकारात्मक रहेको सैनिक स्रोत बताउँछ । सेनामा प्रहरीमा जस्तो बढुवामा राजनीति नहुने भएकाले बरियताअनुसार नै प्रधान सेनापति छनोट हुने गरेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया