राष्ट्रसंघका महासचिवसँग राष्ट्रपति पौडेलको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट भएको हो ।
भेटमा राष्ट्रपति पौडेलले राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्ने बताएका छन् । शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदान रहेको तर मिसनहरुमा थोरै मात्र नेपालले नेतृत्वको अवसर पाएको भन्दै राष्ट्रपतिले सो विषय भेटमा उठाएका हुन् ।
अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसंघको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन राष्ट्रपतिले महासचिव गुटेरेससँग अनुरोध गरेका थिए ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसंघीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गरे ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गरे । उनले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसंघ प्रतिनिधि मण्डलसमक्ष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया