NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रहरी अधिकृत नै जुवाखालबाट पक्राउ

महेन्द्रनगर । नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) जुवाखालमा पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन् ।

सई थापासँगै पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डेलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास बरामद भएको छ । सई थापा यसअघि राम्रो काम गरेकोबापत पुरस्कृत प्रहरी अधिकृत हुन् । उनलाई निलम्बन गर्न लागिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष