NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सशस्त्र प्रहरीको पम्पलाई एक लाख जरिवाना

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले सशस्त्र प्रहरीको हलचोकस्थित पट्रोल पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । कम परिमाणमा डिजेल बेचेको छानबिनमा पुष्टि भएको भन्दै जरिवाना भएको हो ।

छड्के अनुगमनको क्रममा सो पम्पको एउटा नोजलले कम परिणाम दिने गरेको पाइएको थियो । विस्तृत छानबिन गर्दा पनि सो कुरा पुष्टि भएपछि जरिवाना गरिएको विभागले जनाएको छ । सशस्त्र प्रहरीले भने प्राविधिक समस्याका कारण यस्तो भएको दाबी गरेको छ । यस विषयमा सशस्त्रले आन्तरिक छानबिन गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष