महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

काठमाडौैं । गैरआवासिय नेपाली संघका नेता आरके शर्मामाथि कुटपिटको आरोपमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ । मंगलबार बालुवाटारस्थित एनआरएनको कार्यालयमा बस्नेत लगायत युवा संघका नेताले शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले नेता बस्नेत र एनआरएनको अध्यक्षमा नियुक्त भएका बद्री केसीविरुद्ध दरबारमार्ग वृत्तमा उजुरी दिएका हुन् ।
केसी एमाले निकट हुन् । शर्मा माओवादी निकट हुन् । अवैध तरिकाले चुनाव जितेको आरोप केसीमाथि छ । जसकारण एनआरएन कार्यालयमा मंगलबार दिनभर तनाव भएको थियो । उजुरी उपर प्रहरीले मिलापत्र गराउन प्रयास गरेको स्रोत बताउँछ ।
एमाले नेता बस्नेत केसीलाई साथ दिन एनआरएनको कार्यालय पुगेका थिए । उनकै निर्देशनमा केसीका आलोचकमाथि कुटपिट भएको बताइएको छ ।
यसअघि नेता बस्नेतमाथि सांसद अपहरणको उजुरी पनि परेको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया