NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पाँच जिल्लामा सिडिओ पद रिक्त

काठमाडौं । पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)का पद रिक्त भएको दुई हप्ता हुँदा पनि गृह मन्त्रालयले खटाउन सकेको छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएकाले सिडिओ सरुवाको निर्णय हुन नसकेको छ ।

सरकारले दुई साताअघि ठूलो संख्यामा सहसचिवको सरुवा गर्दा पाँच सिडिओको अन्यत्र स्थानमा सरुवा भइसकेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, तनहुँ र प्यूठानमा सिडिओ पद रिक्त भएको हो । तर, गृह मन्त्रालयमा सरुवा भएर आएका सहसचिवको सिडिओमा पदस्थापन हुन सकेको छैन । महत्वपूर्ण जिल्ला भएकाले त्यहाँ जानका लागि तिव्र प्रतिस्पर्धा छ । यी पाँच जिल्लासहित अन्य केही जिल्लाका सिडिओको पनि हेरफेर गर्न लागिएको छ ।