NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

के छ अमेरिकी ‘ब्रिड’को गाँजामा ?

काठमाडौं । ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रासायनिक अनुसन्धान भयो । यस क्रममा चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायन सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो जुन गाँजामा प्रशस्त मात्रामा पाइन्छ । अमेरिकी ‘ब्रिड’को गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ ।

लगुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अप्रेसनमध्ये पाँच अप्रेसनमा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो ।

गाँजाको दुर्व्यसनी बढ्न थालेपछि अमेरिकाले ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट, १९७०’ ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो । तर, तीन वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गर्‍यो । क्यालिफोर्नियाले १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाखेती सुरु गरेको थियो । कोलोराडो र वासिङटन राज्यले त २०१२ देखि ०=३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो ।

अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला–ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्ब, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।