NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

डिएसपीलाई जोगाउन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भ्रष्टाचार मुद्दा खेपिरहेका ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ठग बहादुर के.सीलाई जोगाउन खोज्ने व्यक्तिविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसअघि सरकारी साक्षीको रुपमा पेश गरिएका खेम/खिलेन्द्र भन्ने खीलेन्द्र सिंह जि.सी.ले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि आयोगले उनलाई नै प्रतिवादी बनाएर बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं.–१० (साविक मकहर गा.वि.स. वडा नं. १) स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जि.सीले डिएसपी केसीलाई फाइदा हुने गरी बिशेष अदालतमा बकपत्र गरेका थिए । यसअघि उनकै उजुरीका आधारमा मुद्दा दायर भएको हो ।

आयोगले १८ लाख बिगो कायम गरी केसीविरुद्ध मुद्दा दायर गरेको थियो । सुन पसलेको सुन आफ्नो निवासमा राखी फिर्ता गर्न उनले १८ लाख घुस लिएका थिए । प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरी अख्तियारमा बुझाएको थियो । जून मुद्दामा केसीलाई पीडित पक्षलाई प्रभावमा पारी आफु अुनुकुल बकपत्र गराउन लगाएका हुन् ।