NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

झापामा प्रहरीको ‘इन्काउन्टर’

झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । भिडन्तमा प्रहरीको गोली लागेर सरिफुल आलम घाइते भएका छन् ।
झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमा नजिकै लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउण्ड हवाई फायर गरिएको र तैपनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए । उनीबाट एक सय ३० ग्राम खैरो हेरोइन, खुकुरी र खुँडा बरामद भएको छ ।