NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

नक्कली असई अमिला प्रहरी हिरासतमा

काठमाडौं । आफु नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि –१४ नैकाप स्थित कोठा डेरामा बस्ने बर्ष २४ की अमिला कुमारी साउँद पक्राउ परेकी छिन् । उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन् । असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ । उनले आफु असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन् । थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष