NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

ललितपुरमा भएको कार दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर गहिरा खोलास्थित सडकमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ।

काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा.२ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष